बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए एनसीसी कतारद्वारा अठारौं चरणको राहत बितरण सम्पन्न, ४०१ जना पीडित नेपाली श्रमिकले पाए राहत (फोटोफिचर)

सोमबार, असार ८ २०७७

काठमाडौं(जस)– विश्वब्यापीरुपमा देखा परेको कोरोना भाइरसका कारण कतारमा समस्यामा परेका नेपालीलाई समाधानका निम्ति गैर आवासीय नेपाली संघ कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितिले कतार सरकार गृह मन्त्रालयमार्फत कतार च्यारिटीबाट प्राप्त तथा कतारमा स्थापित नेपाली संघ सस्थाहरुबाट प्राप्त खाद्यान्न वितरण सत्रौ चरणमा गरेको छ ।


एनसीसी कतारको श्रमिक कोषद्वारा उपलब्ध भएको खाद्यान्नको राहत प्याकेज अठारौं चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका ४०१ जना कोरोना पीडित नेपाली श्रमिकहरुलाई वितरण गरिएको उद्दार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन् ।


राहत वितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी सल्लाहकार सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी सहकोषाध्यक्ष तानबिर रोजा, एनसिसी सदस्य एबम उद्दार तथा राहत समिती सह सम्योजक झबिन्द्र आचार्य, एनसीसी सदस्यहरु राजिक शेख, अब्दुल खालिक, एनसीसी सल्लाहकार चानक पोख्रेल उद्दार तथा राहत समिती सदस्यहरु अर्जुन मुडवरी, कृष्ण पन्थी, बिजय बस्नेत, रमेश क्षेत्री, नियाज शेखलगायतको उपस्थिति रहेको थियो ।


विज्ञप्ति :
मिति २० जुन २०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती द्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त, कतारमा स्थापित नेपाली संघ संस्थाहरु बाट प्राप्त र एनसीसी कतारको श्रमिक कोष द्वारा उपलब्ध भएका खाद्यान्नको राहत प्याकेज अठारौं चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका ४०१ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको सबैमा जानकारी गराउदछु।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार,आईसीसी सदस्य रमेश भट्ट ज्यु, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु,एनसीसी सह कोषाध्यक्ष तानबिर रोजा ज्यु,एनसिसी सदस्य एबम उद्दार तथा राहत समिती सह सम्योजक झबिन्द्र आचार्य ज्यु, एनसीसी सदस्यहरु राजिक शेख ज्यु, अब्दुल खालिक ज्यु, एनसीसी सल्लाहकार चानक पोख्रेल ज्यु, उद्दार तथा राहत समिती सदस्यहरु अर्जुन मुडवारी ज्यु, कृष्ण पन्थी ज्यु, बिजय बस्नेत ज्यु, रमेश क्षेत्री ज्यु, नियाज शेख ज्यु लगायत सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।

उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार