बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप ६७१ जनामा कोरोना पुष्टि : ज्यान गुमाउनेको संख्या २२ पुग्यो, संक्रमितको संख्या ७ हजार ८४८ जना

बिहिबार, असार ४ २०७७

काठमाडौं, ४ असार । कोरोना संक्रमण विस्तार हुनेक्रम जारी छ । यसैक्रममा नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७ हजार ८४८ जना पुगेको छ ।

कुल ११ सय ८६ जना उपचारपछि निको भएर घर गएका छन् । यसैगरी, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

https://www.facebook.com/mohpnep/videos/198262511423342/

प्रतिक्रिया
सम्बन्धित समाचार