बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

डा. दिव्या शाह ‘आईओएम’को डिन नियुक्त

बुधबार, असार ३ २०७७

काठमाडौं(जस)–त्रिभुवन विश्वविद्यालयअन्तर्गत् चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा वरिष्ठ चिकित्सक दिव्या सिंह शाह नियुक्त भएकी छन् । गत जेठ २३ गते प्रा. डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित ‘सर्च कमिटी’ले डा. प्रदीप वैद्य, डा. दिव्या सिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो । त्रिवि कार्यकारी परिषद्ले बुधबार डा. शाहलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रा. डा. जगदीश अग्रवालको चारवर्षे कार्यकाल सकिएपछि आईओएममा डीनको पद रिक्त रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार