काठमाडौँ /नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आज ४२५ जना संक्रमित थपिएका छन् । शनिबार पनि २७३ जना थपिएका थिए । शुक्रबार ४ सय ४८ जना थपिएका थिए । बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।
यस्तै उपचारपछि निको हुनेको संख्या ९७४ पुगेको छ । आज ६१ जना निको भएका छन् । शनिबार ३६ जना निको भएका थिए । विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए । मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७२ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/2976767979086160/