शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

काठमाडौं उपत्यका प्रवेशलाई कडा बनाइयो, अब स्थानीय तहको सिफारिस अनिवार्य

आइतबार, जेष्ठ ३२ २०७७

काठमाडौं ।सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । लकडाउनलाई केही खुकुलो बनाएको सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालय काडमाडौंले आइतबार प्रेस विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार काठमाडौं उपत्यका आउन अब स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

यही जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृहमन्त्रालयको जेठ ३० गतेको निर्देशनअनुसार काठमाडौं उपत्यका प्रवेश र बाहिर जाने व्यवस्थामा फेरबदल गरिएको छ । काठमाडौं उपत्यका आउनका लागि उपत्यकाभित्रको े स्थानीय तहले आउन अनुमति दिएको सिफारिस अनिवार्य हुनुपर्ने नियम बनाइएको छ ।

काठमाडौं उपत्यकाका स्थानीय तहले आउन अनुमति दिएको पत्रसहित आफू रहेको जिल्ला प्रशासनमा निवेदन दिनुपर्ने छ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी यात्राको पास दिन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहने व्यक्तिले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिइने तथा संस्थागत कामका लागि बाहिर जानु परेमा संस्थाको सिफारिस चाहिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार