बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कोरोनबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २५ हजार बढी, एकै दिनमा १ लाख ४० हजार संक्रमित थपिए (अपडेट)

शनिबार, जेष्ठ ३१ २०७७

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार एकै दिनमा १ लाख ४० हजार ९ सय १७ जना कोरोनाबाट संक्रमित भएका छन् । बिहीबार १ लाख ३७ हजार ८ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार १ लाख ३५ हजार ६ सय ३८ जनामा संक्रमित थपिएका थिए ।

यसरी पछिल्लो तीन दिनमा लागातार थपिएका संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । दुई साता यता विश्वभर संक्रमितको संख्या झनै बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजारमा संक्रमण पुष्टि भएको छ ।

यस्तै पेरुमा झण्डै ६ हजार, चिलीमा साढे ६ हजार भन्दा धेरै, पाकिस्तानमा ६ हजार भन्दा धेरै, मेक्सिकोमा साढे चार हजार भन्दा धेरै, साउदी अरेबियामा झण्डै चार हजार, इरानमा दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ६ सय ३ जनाको मृत्यु भएको छ । जसमध्ये ब्राजिलमा ८४३, अमेरिकामा ७९१, मेक्सिकोमा ५८७, भारतमा ३८९, चिलीमा २२२, बेलायतमा २०२, पेरुमा १९९ र रुसमा १८३ जनाको को मृत्यु भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ७६ लाख २९ हजार २ सय बढि व्यक्ति संक्रमित भएका छन् भने ४ लाख २५ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार