गोरखा / भिमसेन थापा गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, वगुवा र अश्राङका वासिन्दा रहेको पुष्टि भएको छ । एक महिला र एक पुरुष अश्राङका र मसेल र वगुवा घर भएका एक-एक जनामा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो ।
संक्रमित अश्राङका पुरुष होम क्वारेन्टाइनमा छन् भने अरु कनकामना आधारभुत विद्यालय मसेल, एकिकृत मिलन वस्ती वगुवा र जनशक्ति प्रावि अश्राङको मास क्वारेन्टाइनमा छन् । संक्रमण पुष्टि भएका पुरुषहरु भारतबाट र महिला चितवनबाट फर्केर क्वारेन्टाइनमा बसेका हुन् । उनिहरु सबै १५ बर्ष माथिका हुन् ।