बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

यस वर्ष एसईई परीक्षा नगर्ने सरकारको निर्णय

बुधबार, जेष्ठ २८ २०७७

काठमाडौं(जस)– सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यामिक शिक्षा परीक्षा (एसईई) यस वर्ष नगर्ने निर्णय गरेको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनको आधारलाई नै मान्यता दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

कोभिड १९ संक्रमण, नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको निर्णयअनुसार एसईई परीक्षा स्थगीत गरेको थियो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले गिरिराजमणि पोखरेलले तत्काल एसईई परीक्षा लिन सम्भव नभएको भन्दै विद्यार्थीहरुको अध्ययन निरन्तरताका लागि भन्दै बाधा अड्काउ फुकाउ अध्यादेश जारी गर्न बुधबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो ।

एसईई परीक्षाको हकमा विद्यालयद्वारा गरिएको आन्तिरक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनको सम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । त्यसरी प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार