बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ३२३ कोरोना संक्रमित भेटिए, कुल संक्रमितको संख्या ४ हजार नाघ्यो

मंगलबार, जेष्ठ २७ २०७७

काठमाडौं, २७ जेठ । नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण भेटिएको छ । नयाँ संक्रमित मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मंगलबारसम्म १ लाख ६ हजार ३३१ पिसिआर परीक्षण सम्पन्न भएको छ भने १ लाख ६६ हजार १५८ वटा आरडिटी परीक्षण भएको छ ।

Dish_Home
हालसम्म १ लाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा रहेका र ३ हजार ४८७ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

मंगलबारसम्म ५८४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने मृतकको संख्या १५ रहेको छ ।

मंगलबार इलाममा पनि संक्रमित भेटिएसँगै नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
https://www.facebook.com/mohpnep/videos/189279879057496/

प्रतिक्रिया
सम्बन्धित समाचार