मोहम्मद रमजान अली मियाँ, राष्ट्रिय मानव अधिकार समिति कतार
कतार / हिजो कतारको बिपत्ति ब्यवस्थापन उच्च समितिको निर्णय अनुसार विभिन्न चार चरणमा हटाइने प्रतिबन्धहरु मध्य
#पहिलो चरण -१५ देखि ३० जुन सम्म
#दोस्रो चरण -१ देखि ३१ जुलाइ सम्म
#तेस्रो चरण १ अगस्ट देखि ३१ अगस्ट सम्म
#चौथो र अन्तिम चरण १ सेप्टेम्बर देखि ३० सेप्टेम्बर सम्म हुनेछ।
१-#मिति १५ जुन सन् २०२० बाट कतारका केही मस्जिदहरु ५ समयको नमाजका लागि खोलिनेछन।तर स्वास्थ्य सुरक्षाका सम्पुर्ण सावधानीको विधि अनुसार मस्जिदमा प्रवेश दिइने छ।वजु घरबाट नै गरेर जानू पर्नेछ।कुरआन आफ्नै लिएर जानू पर्नेछ।जाएनमाज (नमाज पढ्दा ओछ्याइने म्याट) आफ्नै लिएर जानू पर्नेछ।आपसी दुरीलाइ कायम गर्दै सम्पुर्ण कार्य सम्पादन गर्नु पर्नेछ।मस्जिदमा रहँदा मास्क र पन्जा लगाइ रहनु पर्नेछ।
#केही पार्कहरु खुल्ला गरिनेछन।तर बालबालिका लाई प्रवेश मनाही कायमै रहने छ।
#केही सैलुन तथा ट्रेनिङ सेन्टरहरु खुल्ला गरिनेछन।
#१५ जुन देखि ३० जुन सम्म यदि कोहि ब्यक्ति कतार बाट अन्य मुलुक अर्थात कतार बाहिर जान्छ भने फर्कदा आफ्नै खर्चमा १४ दिन ब्यवस्थापन द्वारा तोकिएको होटेलको क्वारेन्टाइनमा बस्नु पर्नेछ।
#आफ्नो Boat डुङ्गा लिएर समुद्रमा जान पाइने छ।
#सम्पुर्ण निजि क्लिनिकहरुले अब बाहिरङ्ग सेवा इमर्जेन्सी बाहेक ४०% अन्य सेवा प्रारम्भ गर्न सक्नेछन।
#केही ब्यवसायिक केन्द्रहरु खोलिनेछन।हालका लागि कुल क्षमता भन्दा ३०% मात्र सेवा प्रदान गर्ने गरि।
१ जुलाइ बाट ३१ जुलाइ सम्म।
#थप केही मस्जिदहरु खोलिने छन।
#सम्पुर्ण सार्वजनिक पार्कहरु खोलिनेछन।
#सम्पुर्ण समुद्री तट तथा कतार भरिका कर्नेश एरिया खुल्ला गरिनेछन।
#जमघट तथा भेलाहुने प्रतिबन्ध खुल्ला गर्ने क्रममा १० जना सम्मको भेला जमघटलाई अनुमती दिइने छ
#निजी क्लिनिकहरुले ६०% सम्म सेवा बिस्तार गर्न सक्नेछन।
खुला ठाउँमा भएका अभ्यास स्थानमा १०/१० जना गरि सो कार्य गर्न सकिने छ।
#रेष्टुरेन्ट हरुले आफ्नो सेवा समय र क्षमताको दायरा भित्र रहि सेवा प्रदान गर्न सक्नेछन।
#शपिङ्ग मल र होलसेल मार्केटहरु समय तथा क्षमता लाई मद्यननजर गर्दै सेवा बिस्तार गर्न सक्नेछन।
#विभिन्न कम्पनी,सरकारी निकाय तथा अन्य निजि क्षेत्रमा कर्यरत जनशक्ति लाई २०% बाट बढाएर ५०% बनाइने छ।
यस अवधिमा पनि कोहि कतार बाहिर गएर पुनः कतार फर्कन्छ भने आफ्नै खर्चमा १४ दिन कुनै होटेल को क्वारेन्टाइनमा बस्नु पर्नेछ।
#सम्पुर्ण संङ्ग्रहालय र पुस्तकालय निश्चित समयका लागि खोलिने छन।समय र संख्यालाई मध्यनजर गर्दै।
#मिती १ अगस्ट सन् २०२० बाट जो कतारी आइ डि वाहक(कतारी अकामा भएका)जो विभिन्न कारणले कतार बाहिर छ्न उनीहरु पुनः कतार आउन पाउने छन।
२- आउँदा १ अगस्ट बाट तिं देशहरूका लागि मात्र उडान प्रारम्भ हुने छ्न जहाँ कोभिड-१९ कोरोना महामारी Control मा छ।यसैगरी तिं देशका बिमानहरुलाइ मात्र कतार अवतरणको अनुमति दिइनेछ जहाँ कोरोना महामारी Control भएको हुनेछ।संक्रमणको प्रतिशतको आधारमा।
अब हामी आफै बिचार गरौं हामी कुन अवस्थामा छौं?
#जमघट तथा भेला हुने कार्यलाइ बिस्तार गर्दै ४० जना सम्मको भेला वा जमघट लाई छुट दिइने छ।
#कतारमा अब जुम्माको अनुमती हुनेछ।साप्ताहिक प्रार्थनाका निम्ति सबै मस्जिदहरु खुल्ला गरिनेछन।
#कतारका सबै ड्राइभिङ्ग स्कुलहरु खुल्ला हुनेछन।
#कतार भित्रका अन्य क्षेत्र जस्तै ब्युटी पार्लर,स्वास्थ्य केन्द्र,जिम्स क्लब,हेल्थ क्लब,अभ्यास गर्ने स्थान,सैलुन,रेष्टुरेन्ट,बजार,शपिङ्ग मलहरुलाई अझै बिस्तार गर्दै क्रमिक रुपमा खुल्ला गरिनेछन।
#
३-मिति १ अगस्ट २०२० बाट मात्र कतारका ठुला मस्जिदहरु लाइ साप्ताहिक सामुहिक प्रार्थना जुम्माको निम्ति पुर्ण रुपमा खोलिने छन।
चौथो तथा अन्तिम चरणमा सबै प्रतिबन्ध हटाइ निम्न गतिविधि पुर्ण रुपमा सञ्चालनमा आउने छन।
#नयाँ शैक्षिक सत्र प्रारम्भ हुनेछ।
#मेट्रो,बस सेवा,कर्वाका सबै सेवाहरु १००% सञ्चालनमा आउनेछन।
#सबै मस्जिदहरु,पार्कहरु,शपिङ्ग सेन्टर,बजार,फिट्नेस सेन्टर,बार्बर शप रेष्टुरेन्ट होटेल लगायत दैनिकि बिगतमा झै १००% शुरूवात गरिनेछन।
#सबै श्रमिकहरु कार्य क्षेत्रमा सहभागी हुन पाउनेछन।
#अन्य थप बिमानसेवाहरु सुचारु हुनेछन।सबै आगन्तुक तथा बिमानसेवा कम्पनीहरुले अतारको जनस्वास्थ्य मन्त्रालय द्वारा निर्देशित नियमको पालना गर्नु पर्ने हुन्छ।यसैगरी यिं सबै चरणहरुमा स्वास्थ्य सुरक्षाका सम्पुर्ण बिधिहरु लाई पुर्ण रुपमा पालना गर्नु पर्नेछ।इहतिराज EHTIRAZ एप्स सबै संङ्ग हुनु पर्नेछ।मास्कको प्रयोग अनिवार्य नै कायम रहनेछ।तर संक्रमण पुनः फैलियो भने यसमा परिवर्तन पनि आउन सक्ने हुनाले हामी सबैले कतार सरकार द्वारा निर्देशन गरिएका सम्पुर्ण नियम तथा नितिहरुको कार्यान्वयनमा पुर्ण रुपमा कटिबद्ध रहि पालना गर्नु पर्ने हुन्छ।तपाईं हामीले नियमको पालना गरेकै कारण कतारमा हाल संक्रमण फैलिने प्रतिशत १% भन्दा पनि कम रहेको छ।
यसरी कतार पुनः ९ मार्च सन् २०२० भन्दा अगाडिको अवस्थामा फर्किने बिश्वास गरिएको छ।