दोहा (जस)–कतारमा रहेको अवरुद्ध जनजीवन अब ४ चरणमा पुनः सुचारु हुने भएको छ । आउँदो हप्ता अर्थात १५ जुन बाट प्रार्थनाको निम्ति कतारका निश्चित मस्जिदहरु खुल्ला गरिने भएको छ।
आगामी महिना जुलाई १ देखि चरणबद्ध रुपमा ३० तारीख सम्ममा जमघट तथा भेला हुने नियम अन्तर्गत १० भन्दा तलको संख्यालाई अनुमति दिइने छ।यसैगरी निश्चित अन्य मस्जिदहरु खोल्ने कार्य जारी रहने छ।
मिति १ अगस्ट देखि ३१ अगस्ट सम्म ४० जना सम्मको जमघट र भेला लाई खुल्ला गरिने छ। निश्चित मस्जिदहरु सहित कतारका ५४ वटा मस्जिदहरु जुमाको नमाजका निम्ति खुल्ला गरिने छ।
मिति १ सेप्टेम्बर देखि सबै जमघट भेला लाई अनुमति दिइने छ।बिवाहाको आयोजना गर्न र समारोह गर्न छुट दिइने छ। सबै मस्जिद हरु खुल्ला गरिने छन।५ समय र जुम्मा सबैको निम्ति मस्जिदहरु पुर्ण रुपमा खुल्ला गरिने छन।
सभा सम्मेलन गोष्ठि,प्रदर्शनी हरुको निम्ति जमघट र भेला लाई खुल्ला गरिने छ। स्वास्थ्य सुरक्षा सावधानीका सम्पुर्ण नीति विधि अपनाइ मनोरञ्जन स्थल,सिनेमाहल,कार्यक्रम स्थलहरु खुल्ला गरिने छन।