शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

गण्डकी प्रदेशमा आज बिहानै थप ३८ जनामा कोरोना संक्रमण पुुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुग्यो

आइतबार, जेष्ठ २५ २०७७

काठमाडौं, २५ जेठ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना थपिएका हुन्।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा वालिङ र भीरकोट नगरपालिकाका १४ जना पुरुष छन्। त्यस्तै बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाकाका १० जना छन्।

त्यस्तै गोरखाको पालुङटार नगरपालिकाका र गण्डकी नगरपालिकाका १० जना छन्। नपलपरासीको हुप्से गाउँपालिकाका ४ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार