शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

भिटिएम किट निरन्तर बाँड्दै झापाली समाज, आलम भन्छन–हामी अतालिएका छैनौं

शनिबार, जेष्ठ २४ २०७७

निश्चल दाहाल

झापा /अन्तरास्ट्रिय झापाली समाजको झापा जिल्लाका हर एक स्थानिय निकायलाइ १०० थान गरि भिटिएम(भाइरल ट्रान्सपोर्ट मेडिअम) सहयोग स्वरुप वितरण गर्ने कार्यक्रम अन्तर्गत आज बुद्ध शान्ती, भद्रपुर नगरपालिका , कचनकवल गाउँपालिका, बाह्रदशी, झापा, गौरिगंज साथै गौरादहमा सो सामाग्री वितरण गरिएको छ।

हिजो कनकाइ, बिर्तामोड, हल्दिबारी, अर्जुनधारा लगायतको स्थानिय तहमा वितरण गरिएको बताउदै समाजका उपाध्यक्ष नवीन पोख्रेलले भोलि मेचिनगर, शिवसतासी, कमल तथा दमक नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको बताएका छन।

एकका लागि एक अभियानले वितरण कार्यक्रममा सहजीकरण गरिरहेका बताउदै पोख्रेलले सो अभियानले झापामा स्वाब परिक्षण ल्याब स्थापना गर्ने लक्ष लिए अनुरुप त्यस्को स्टेक होल्डर भइ झापाली समाज पनि सहयोगी हुने बताए। आज भएको कार्यक्रममा सुरुङ्ग रोटरी क्लबका शिव कंडेल, बिर्तामोड जेसिज अध्यक्ष मिजास पोख्रेल, एकका लागि एक अभियानका संयोजक बिनोद बस्नेत लगायत स्थानिय बुद्दिजिवीको उपस्थिति थियो।

आलम भन्छन – “हामी अतालिएका छैनौ”

आज भिटिएम ग्रहण गर्दै कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले कचनकवललाइ हेर्ने दृष्टिकोण बदल्न अनुरोध गरेका छन। कचनकवल गाउँपालिकामा मात्र ११३ पोजिटिभ केश देखिएको छ जस्मा २० निको भइ घर फर्किएका छन। ६१७ स्वाब संकलन गरि परिक्षण गराइएको अवस्थामा यी सबैलाइ सुरक्षित क्वारेन्टिनमा राखिएको र बाहिर संक्रमण फैलन नदिएको भनी, पोजिटिभको संख्या मात्र सुनेर धारणा नबानाउन आलमले अनुरोध गरे।

भद्रपुर नगरपालिकाको कमजोरिले पोजिटिभ ब्याक्ती बिना रोकटोक घर आएको घटना सम्झदै उनले त्यो कमजोरिलाइ आफुले सच्याएर ती सब घर वरपर रेड जोन घोषणा गरि सुरक्षित राखिएको बताए। भारतबाट आएकाहरुमा मात्र संक्रमण भेटिएको र उनिहरुलाइ सिमाबाट सिधै क्वारेन्टिनमा लागि उचित ब्यवस्थापन गरि राखिएको साथै द्रुत गतिमा परिक्षणको प्रक्रिया बढाएकोले संक्रमण फैलन नपाएको उनले बताए।

बिगतमा केहि कमि कमजोरी भए पनि हामी हर दिन नया केही सिक्दै छौ र कचनकवलको क्वारेन्टिनहरु नमुना क्वारेन्टिन बनाइ यहाँका स्थानिय बासी लगायत क्वारेन्टिनमा बस्ने साथै संक्रमित सबैको उचित हेर-बिचार हुने आलमले बताए। उनी भन्छन यो चुनौती देखि हामी अतालिएका छैनौ र हामिले आफ्नो क्षेत्र सुरक्षीत राखेका छौ।

प्रतिक्रिया
सम्बन्धित समाचार