काठमाडौं, २४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले दिएकाे जानकारी अनुसार शनिबार नै निकाे भएर ३२ जना घर फर्किएका छन् । याेसँगै नेपालमा ३६५ जनाले काेराेनाभाइरसलाई जितेका छन् । अहिलेसम्म नेपालमा १३ जनाले काेरानाका कारण ज्यान गुमाइसकेका छन् ।
https://www.facebook.com/mohpnep/videos/3134754969880201/