बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

आज थपिए २७८ नयाँ संक्रमित, नेपालमा संक्रमितको संख्या २,९१२ पुग्यो

शुक्रबार, जेष्ठ २३ २०७७

काठमाडौं, २३ जेठ । नेपालमा आज (शुक्रबार) थप २७८ जना नयाँ कोराना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा देशभरबाट थप २७८ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।

संक्रमितमध्ये २ हजार ७१७ जना पुरुष र १९५ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । त्यस्तै आज मात्रै देशभरका विभिन्न अस्पतालबाट ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

https://www.facebook.com/mohpnep/videos/701629930675882/

प्रतिक्रिया
सम्बन्धित समाचार