जनसवाल संवाददाता / झापा जिल्ला भद्रपुर नगरपालिकाको कोभिड १९ महामारिको यस्तो प्रकोपको दौरानमा पनि अपरिपक्वताको पराकाष्ठा नाघेको छ। पिसिआर परिक्षणको रिपोर्टलाई ध्यान नदिइ मनमर्जिले झापा कलवलगुढिमा रहेको क्वारेन्न्टिनको एक कोठामा रहेका सबैलाइ घर पठाउदा घर आइ पुगेका एकमा संक्रमण पाइएको छ।
झापा जिल्ला कचनकवल गाउँ पालिका ६ बस्ने राजु गुरुङ्ग(नाम परिवर्तन) भारतबाट महेन्द्रनगर हुँदै झापा आइ पुगेका थिए। उनलाइ सहजता होस भनी कचनकवल ल्याउनको साटो कचनकवल वार्ड ६ का अध्यक्ष कुल बा कार्किले भद्रपुर नगरपालिका मेयरलाई अनुरोध गरि कलवलगुढी क्वारेन्टिनमा राखिएको थियो।
करिब १४ दिनको बसाइ पछि गुरुङ्गलाई हिजै जेठ २१ गते घर पठाइयो जबकी उनको रिपोर्ट हेरिएको थिएन। उनी आएर आफ्नो परिवार सग रहेको, छिमेकी हरुले उनको घरको इनारको प्रयोग गर्ने आदि अवस्था भएको स्थानिय बासिले बताए। संक्रमीत उनिलाइ यसरी किन पठाइयो भन्ने प्रश्नमा मेयर श्रेष्ठ भन्छन ” हाम्रो स्वास्थ शाखाले कमजोरी गरेको हो, इमेल राम्ररी हेरिएन छ। आजै उनलाइ उपचारार्थ लगिने र घरको सबैलाइ ट्रेसिङ्ग गरि आरडिटी परिक्षण गरिने छ।”
स्थानिय बासी कर्ण राजवंशी भन्छन” यस्तो गम्भीर कुरामा सामान्य त्रुटि भन्न मिल्दैन, यो जघन्य कमजोरी हो नतिजा भयावह हुन सक्छ। यसरी अचेत भएर काम गर्दा संक्रमण व्हात्तै बढ्ने खतरा हुन्न र ?