बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

आज एकैदिन ३ सय ३४ कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

बिहिबार, जेष्ठ २२ २०७७

काठमाडौं । नेपालमा आज बिहीकार थप ३ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३ सय ३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ।

पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेश र प्रदेश २ का सबैभन्दा बढीमा कारोना पुष्टि भएको हो। पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै २९० जना कोरोनालई जितेर घर फर्केका छन्।

विराटनगर गरिएको परीक्षणमा १ जना पोजिटिभ, नारायणी अस्पतालमा १, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, हेटौँडामा गरिएको परीक्षणमा १२ जना, पोखरामा १६ जना, सेती अस्पतालमा ३ जना, भेरी अस्पतालको प्रयोगशालामा ४२ जना, धुलिखेल अस्पतालमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १०६, कोशी अस्पतालमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए । यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

https://www.facebook.com/mohpnep/videos/250842403034171/

प्रतिक्रिया
सम्बन्धित समाचार