बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

बुधबार थप २०१ जनामा काेराेना पुष्टि सङ्क्रिमतकाे सङ्ख्या दुई हजार ३०० पुग्याे

बुधबार, जेष्ठ २१ २०७७

काठमाडौं, २१ जेठ । नेपालमा बुधबार दुई सय एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

मङ्गलबार अपराह्नसम्म सङ्क्रमितकाे सङ्ख्या दुई हजार ९९ रहेकाेमा आज दुई सय एक जना थपिएका हुन् । याेसँगै नेपालमा काेराेना सङ्क्रिमतकाे कुल सङ्ख्या दुई हजार तीन सय पुगेकाे छ ।

सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ। नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन्।

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन्।

प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

थप सङ्क्रमितमध्ये कालीकोटका महावै गाउँपालकिा वडा नम्बर ४ का चार महिने बालक पनि रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार