काठमाडौं । आज मिति ०१ जुन २०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती द्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज चौधौं चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका २१८ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको सबैमा जानकारी गराउदछु।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार,आईसीसी आईसीसी सदस्य रमेश भट्ट ज्यु,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु, एनसीसी महासचिव पदम गिरी ज्यु, एनसीसी सचिबालय सदस्य केशव कार्की ज्यु, एनसिसी सदस्यहरु झबिन्द्र आचार्य ज्यु,अर्सद खान ज्यु, एनसीसी सल्लाहकारहरु चानक पोख्रेल ज्यु,भेषराज पराजुली ज्यु,उद्दार तथा राहत समिती सदस्य सुमन भारती ज्यु,साथै विशेष सहयोगिहरु प्रभात त्रिपाठी ज्यु, अर्जुन मुडवारी ज्यु, बिजय बिक्रम बस्नेत ज्यु, नारायण ढुंगाना ज्यु, सुनिल खतिवडा ज्यु, शोभाकार भुसाल ज्यु, सुदिप पाठक ज्यु र मित्र बि एस लगायत सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।

उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार
