बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप १७० कोरोना संक्रमित थपिए, कुल संक्रमित १२१२ पुग्यो

शुक्रबार, जेष्ठ १६ २०७७

काठमाडौं, १६ जेठ । नेपालमा थप १७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

नयाँ संक्रमितमध्ये १६५ पुरुष र ५ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै निको भएर घर फर्कनेको संख्या २०६ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै अर्घाखाँचीका एक ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यू भएको छ । योसँगै मृतककको संख्या ६ पुगेको छ । उनी भारतबाट नेपाल आएका हुन् ।

कोरोना संक्रमणcloseनेपालclose

प्रतिक्रिया
सम्बन्धित समाचार