बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

आजमात्रै १५६ जना थपिए, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

बिहिबार, जेष्ठ १५ २०७७

काठमाडौं । आज विहिबार मात्रै १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो।

नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो।

अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार