बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

स्याङ्जाका ३ जनामा कोरोना पुष्टिभएसँगै नेपालमा संक्रमितको संख्या ९८० पुग्यो

बिहिबार, जेष्ठ १५ २०७७

काठमाडौं । स्याङ्जामा बिहीबार बिहान तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा संक्रमितकाे संख्या नाै सय ८० पुगेकाे छ।

पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

वालिङका २२ र २६ वर्षका दुई पुरुष तथा वालिङकै ३९ वर्षकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए। संक्रमण पुष्टि भएका तीनैजना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा थिए।

उनीहरुलाई गाउँको क्वारेन्टाइनबाट सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको डा.शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।

स्याङ्जमा बिहीबार थपिएका तीनसहित नेपालमा संक्रमितको संख्या नौ सय ८० पुगेको छ। आजै प्रदेश २ मा ७६ जनामा कोरोना पुष्टि भएको थियो। आज पुष्टि भएका ८९ सहित कुल संक्रमितको संख्या नौ सय ८० पुगेको हो। बुधबारसम्म नेपालमा नाैसय एक जनामा संक्रमण पुष्टि भएकाे थियाे।

प्रतिक्रिया
सम्बन्धित समाचार