बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार नाघ्यो, संक्रमितको संख्या ५८ लाख नजिक (अपडेट)

बिहिबार, जेष्ठ १५ २०७७

काठमाडौं, १५ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहीबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार ४ सय ३२ पुगेको छ भने संक्रमितको संख्या ५७ लाख ८९ हजार ८ सय ४३ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २४ लाख ९७ हजार ६ सय १८ जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख २ हजार १ सय ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख ४५ हजार ८ सय ३ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ४ लाख ९० हजार १ सय ३० जना निको भइसकेका छन् ।

त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ७२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३१ हजार १ सय ३९ पुगेको छ । त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २५ हजार ६ सय ९७ पुगेको छ भने संक्रमितको संख्या ४ लाख १४ हजार ६ सय ६१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार