बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पहिलोपल्ट एकै दिन ११४ जनालाई कोरोना, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

बुधबार, जेष्ठ १४ २०७७

काठमाडौं, १४ जेठ । नेपालमा पहिलोपल्ट एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपल्ट एकै दिन एक सय भन्दा माथि कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

यसअघि एकै दिन सबैभन्दा बढी ९० जनामा कोरोना देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार