बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पर्सामा थप २१ जनाले जिते कोरोनाभाइरस, अस्पतालबाट डिस्चार्ज

बुधबार, जेष्ठ १४ २०७७

पर्सा / पर्सामा थप २१ जना कोरोनाभाइरस मुक्त भएका छन् । गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनीहरु निको भएपछि डिस्चार्ज भएका हुन् ।

उनीहरुलाई अस्पतालले राति नै डिस्चार्ज गरेको हो ।

उनीहरुको बिदाइका लागि वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी पनि पुगेका थिए । अस्पतालका स्वास्थ्यकर्मीहरु र सरावगीले कोरोना जितेका उनीहरुलाई फूलमाला दिएर बिदाइ गरे ।

पछिल्ला दुई कोरोनाभाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

यसअघि पर्सामा आइतबार १८ जना र सोमबार ४३ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेर फर्किएका थिए । अब यो अस्पतालमा ९ जना संक्रमित उपचाररत छन् ।

उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार