शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

अलपत्र नेपाली चाडै ल्याउ : जनसम्पर्क समिती युएई

मंगलबार, जेष्ठ १३ २०७७

निश्चल दाहाल
युएई / जनसम्पर्क समिती युएइका सभापती भुवानी प्र. तिमिल्सिनाको अगुवाइमा गएको एक टोलिले आज सहरी बिकास राज्यमन्त्री श्री रामविर मानन्धर सग भेटघाट गरि बिदेशमा अलपत्र नेपालिको तुरुन्त वापसिको पहलको लागि अनुरोध गरेको छ। मध्यपुर्वका देशहरु साथै मलेसिया भारत जस्ता श्रम गन्तव्य बनेका मुलुकहरुबाट यथाशीघ्र, आपतमा परेका नेपाली ल्याइ ब्यवस्थापन गरिनु पर्ने भन्नेमा तिमिल्सिनाले जोड दिए।

सोही भेटघाटको दौरान राज्यमन्त्रीले परराष्ट्र मन्त्री प्रदिप ज्ञावलि सग फोन सम्पर्क गरि भेटघाटको बारेमा बताएको र मन्त्रीले चाडै नै नेपाली ल्याएर ब्यवस्थापन गरिने आश्वासन दिएको सभापती तिमिल्सिनाले बताएका छन।

“करिब ४७००० रुपैयाँको सहयोग”

बिदेशी भुमिमा रहेका नेपालिहरुको साथी, प्रतिनिधित्व गर्ने संस्था गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइलाइ आज जनसम्पर्क युएइले करिब ४७००० रुपैयाँ बराबरको सहयोग गरेको छ।


सामाजिक काममा सहयोग र समर्थन गर्दै आएको जनसम्पर्क समितिले आज कोभिड १९ कोरोना भाइरसको प्रकोपले युएइमा असहज परिस्थिति सामना गरिरहेका नेपालिहरुलाइ सो रकम बराबर खाद्यान्न सहयोग गरेको समितिका सभापतिले बताए। बिदेशमा रहेका संघ संस्थाहरु यसरी नै एक शुत्रमा बाधिएर नेपालीपन झल्काउदै सरसहयोगमा जुटिनु पर्ने बताउदै एनआरएन युएइ अध्यक्ष प्रकाश कोइरालाले जनसम्पर्क समितिलाइ धन्यवाद दिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार