काठमाडौं । आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।
साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।
मंगलबार मात्रै कपिलवस्तुमा २४ जना संक्रमित थपिएका छन्। रौतहटमा २० जना संक्रमित थपिएका छन्। त्यस्तै बारामा ५ र सिराहामा ४ जना संक्रमित थपिएका छन्।
धनुषामा १ जना संक्रमित भेटिएका छन्। त्यस्तै सुर्खेत र दैलेखमा १२ जना संक्रमित थपिएका छन्। गुल्मी र अर्घाखाँचीमा २–२ जना संक्रमित थपिएका छन्।
त्यस्तै बाँकेमा ७ जना र स्याङ्जामा २ जना संक्रमित थपिएका छन्।
अहिलेसम्म कोरोना संक्रमितमध्ये १ सय ५५ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।