काठमाडौँ । नेपालमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै आज मारे ७९ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा अछामका एक जना, बर्दियाका ३ जना, पर्साका २ जना र काठमाडौँ स्थायी ठेगाना भएका बारामा कार्यरत एक जना र बारामा ७० बर्षिय मृतकको कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ६८२ पुगेको छ, जसमा ६०२ जना पुरुष र ८० जना महिला रहेका छन् ।
त्यस्तै अहिलेसम्म ११२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६८२ पुगेको छ । जसमा पुरुषको संख्या ६०२ र महिला ८० जना रहेका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
अहिलेसम्म प्रदेश १ मा ८६ जना, प्रदेश २ मा २३५, बाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २९२, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिममा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।