झापामा बन्ने भयो कोरोना विशेष अस्पताल, द्रुत गतिमा काम हुँदै

निश्चल दाहाल

झापा, १० जेठ / झापा जिल्लामा कोरोना माहामारी तिव्र रुपमा फैलदै गर्दा त्यस्को निराकरण र उपचार सहजताको लागि झापा जिल्लामा नै पिसिआर परिक्षण गर्न सकिने ल्याब सहितको १०० शैया क्षमताको अस्पताल निर्माण गरिने निर्णय भएको छ। आजै बसेको झापा जिल्ला कोरोना नियन्त्रण तथा उद्दार समितिको संयुक्त बैठकले यो निर्णय पारित गरेको झापा क्षेत्र नं ३ प्रदेश क का सभासद वसन्त बानियाले बताए।


विभिन्न स्थानको सम्भाब्यताको अध्ययन पछि प्रमुख जिल्ला अधिकारी, तिन वटै सुरक्षा निकायका प्रमुखहरु साथै राजनितिक दलका नेताहरुको सहमतिमा मेची अंचल अस्पतालको बन्दै गरेको नया भवनलाई कोभिड अस्पताल बनाइने साथै त्यही पछि रहेको जनस्वास्थ तालिमको भवनलाइ स्वाब परिक्षण सहितको प्रयोगशाला बनाइने निर्णय पारित गरिएको हो।

सांसद बानियाको अनुसार , कोभिड १९ ले निम्त्याउन सक्ने समस्यालाइ बिचार गर्दै द्रुत गतिमा काम सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सर्वसाधारणलाई चिन्तित नहुन र सुरक्षित घरमा रहन आग्रह गरेका छन।