बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कोरोना संक्रमित भेटिएपछि ग्राण्डी अस्पताल सिल गरियो

शनिबार, जेष्ठ १० २०७७

काठमाडौं / राजधानीको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । धापासीस्थित ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भेटिएपछि अस्पताल सिल गरिएको जनाइएको छ ।

कोरोना संक्रमित व्यक्ति ३५ वर्षीय पुरुष रहेको जनाइएको छ । नेपालमा शनिबारसम्म ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ७० जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार