बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

शनिबार, जेष्ठ १० २०७७

काठमाडौं, १० जेठ । शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।

नयाँ ३२ सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।

थपिएका संक्रमित मध्ये दुई महिला र ३० पुरूष छन्।

३२ जना मध्ये कपिलवस्तु र रूपन्देहमा ८/८, सर्लाहीमा १३, चितवन, काठमाडौं र बारामा १/१ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमित मध्ये ७० जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ।

शुक्रबार मात्रै एकैपटक बाँकेका २१ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार