बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

२५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२७ पुग्यो

बुधबार, जेष्ठ ७ २०७७

काठमाडौं, ७ जेठ । आज थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी, बाँके, धनकुटा र कपिलवस्तुमा कोरोना संक्रमित थप भएका हुन् ।

नवलपरासीमा १, बाँकेमा ६ जना, धनकुटामा ५ जना र कपिलवस्तुमा १३जनामा कोरोना देखिएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

नयाँ थपिनेमा तीनदेखि ४८ वर्षका सात महिला र १८ पुरुष रहेका छन्। योेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका हुन्। यसैगरी डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ। दुई जना कोरोना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार