बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मंगलबार विहान थपिए चार कोरोनाभाइरस संक्रमित, संक्रमितको संख्या ३ सय ७९ पुग्यो

मंगलबार, जेष्ठ ६ २०७७

काठमाडौं, ६ जेठ । नेपालमा चार जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै अब नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ ।

यी चार जना कपिलवस्तुका हुन् । उनीहरु मायादेवी गाउँपालिकाको ४ नम्बर वडा र ३ नम्बर वडाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०, ४०, ४२ र ४५ वर्षका पुरुषमा कोरोनभाइरस संक्रमण पुष्टि भएको हो ।

चारै जना १४ दिनअघि भारतको मुम्बईबाट नेपाल आएका थिए । उनीहरुलाई त्यस लगत्तै क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसँगै क्वारेन्टाइनमा अन्य १२ जना पनि छन् । तर, १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार