बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, ३ लाख १७ हजारको मृत्यु

मंगलबार, जेष्ठ ६ २०७७

काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १७ हजार १ सय ७४ पुगेको छ ।

करिब ४८ लाख संक्रमित मध्ये १८ लाख ६८ हजार ५ सय ३२ भन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा संक्रमित १५ लाख २८ हजार मध्ये ९० हजार ९ सय ८८ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३४ हजार ६ सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय ९५ पुगेको छ ।

इटलीमा ३१ हजार ९ सय ८ जनाको कोरोना संक्रमणले मृत्यु हुँदा फ्रान्समा २८ हजार १ सय ८, स्पेनमा २७ हजार ६ सय ५० को ज्यान गएको छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार