बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए कतारद्धारा सातौ चरणमा राहत वितरण, कतार च्यारिटीसँग सहकार्य (विज्ञप्तिसहित)

मंगलबार, जेष्ठ ६ २०७७

कतार / बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार चारेटि सँग समन्वय गरि तेहा बाट प्राप्त ख़ाद्दान गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले सातौ चरणमा मिति १८ मे २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका १५० जाना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।


यस राहत बितरणमा खटिनुभएको आईसीसी सल्लाहकार Tb Karki ज्यू, मध्य पुर्ब संयोजक Prabin Gurung ज्यु, आईसीसी सदस्य Ramesh Bhatta ज्यु, उद्दार तथा राहत वितरण समिति संयोजक प्रथम उपाध्यक्ष Uttam Gurung ज्यु, महासचिव Padam Giri ज्यु, सल्लाहकार Ramzan Babu ज्य, कार्यसमिती सदस्य Arshad Khan ज्यु, Jhabindra Acharya ज्यु, Gajendra Khaling Rai ज्यु, उद्दार तथा राहत वितरण समितिको सदस्य ज्यु हरू लगायत सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

घरमै बस्नु होस, तपाई को सुरक्षानै मेरो सुरक्षा हो,

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार

प्रतिक्रिया
सम्बन्धित समाचार