बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारका अमिरद्धारा कतारको जेलमा रहेका आठ नेपालीलाई क्षमादान

सोमबार, जेष्ठ ५ २०७७

काठमाडौं, ५ जेठ । कतारका विभिन्न जेलमा रहेका आठ नेपालीले क्षमादान पाएका छन्।

कतारका अमीर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महीना रमादानको अवसरमा उनीहरूलाई क्षमादान गरेका हुन्।

विभिन्न अभियोगमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका उनीहरूलाई क्षमादान दिएसँगै जेलबाट रिहा हुने दोहास्थित नेपाली दूतावासले जनाएको छ।

क्षमादान पाउनेहरूमा चारजना कुटपिट, दुईजना चोरी र दुईजना सवारीजन्य कसूरमा सजाय भुक्तान गरिरहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार