मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पछिल्लोपटक ५३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

सोमबार, जेष्ठ ५ २०७७

काठमाडौँ(जस)–नेपालमा एकैदिन थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता देवकोटाले बाँकेमा ४७, मोरङको विराटनगर एक, रुपन्देहीको भैरहवामा गुल्मीका ४१ वर्षीया पुरुष तथा धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषा, दाङ, रौतहट र धादिङका चार जना गरी ५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको बताए।

संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको उनले बताए। योसँगै २९८ पुरुष र ५९ जना महिला गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३५७ पुगेको छ। संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार