बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

रौतहट र बाराका ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय नाघ्यो

सोमबार, जेष्ठ ५ २०७७

काठमाडौं, ५ जेठ । प्रदेश नम्बर २ को रौतहट र बारामा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुमा आज (सोमबार) बिहान संक्रमण पुष्टि भएको हो। थपिनेमा रौतहटको इशानाथ नगरपालिकाका ७ जना, माधवनारायण नगरपालिकाका एक जना र बारा करैयामाईका एक जना छन्।

योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ३०४ पुगेको छ। यीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार