बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

गैरआवासिय नेपाली संघ, क़तारद्धारा अनलाइन फारम संकलनका लागि आग्रह

सोमबार, जेष्ठ ५ २०७७

कतार / कतारमा रहेका मजदुरलाई खाध्यन्न सङ्कट परे NRNA कतार लाइ सम्पर्क गर्नुस । अध्यक्ष, मोहम्मद मुक्तदा मुसलमान
आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्युहरु, ब्यवशायी ज्युहरु, पत्रकार ज्युहरु, सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरु, तथा दोहामा बस्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरू अस्सलामो अलैकुम, नमस्कार, रमज़ान मुबारक।

विषय: खाद्यान्नको समस्या भएका नेपाली श्रमिकरुको विवरण संकलन सम्बन्धमा।

कोरना भाइरस (कोभिड १९) नियन्त्रणका लागि कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका कुनैपनि नेपाली श्रमिकहरुमा खाद्यान्नको समस्या परेमा तत्काल उद्दार गरिने उधेस्यले एनसीसी कतार द्वारा तयार पारिएको खाद्यान्नको अभावबाट पीडित श्रमिकहरुको तथ्यांक संकलन अनलाइन फारम रजिस्ट्रेसन गरेर सहयोग पुर्याईदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।

समस्यामा परेका श्रमिकहरुको विवरण तल दिएको लिन्कमा रजिस्ट्रर गर्नुहोला।यसै लिन्कबाट सन्कलित विवरणको आधारमा खाद्यान्नको प्याकेज बितरण गरिने जानकारी गराउदछौ।
https://forms.gle/vFtNK9BuS2PToWDT6

तपाई को सुरक्षा नै मेरो सुरक्षा हो।
“कोरना भाइरस बाट आफू पनि बचौ, अरुलाई पनि बचाऔ”

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परि
षद क़तार

प्रतिक्रिया
सम्बन्धित समाचार