मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

थप दुई जनामा कोरोना, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ पुग्यो

बिहिबार, जेष्ठ १ २०७७

काठमाडौँ, १ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ पुगेको छ । थप दुई जनामा कोरोना भाइरसबाट संक्रमित भएसँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

दुई दिन अगाडि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार