बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

जेठ ५ सम्म लागु हुनेगरी गोरखा जिल्ला सिल गर्ने निर्णय

बुधबार, बैशाख ३१ २०७७

काठमाडौं । कोरोना भाइरस नियन्त्रणको पहल स्वरुप गोरखा सिल गरिने भएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृहको परिपत्र कार्यान्वयन र जिल्लामा खाद्यदेखि निर्माण सामग्री तराइका कोरोना संक्रमित जिल्लाबाट आउने हुँदा यसको नियन्त्रणका लागि सर्वदलीय, जनप्रतिनिधि सरोकारवाला सहितको बैठकले गोरखा सिल गर्ने निर्णय गरेको जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सन्दर्भमा जिल्लाभित्र भए गरेका क्रियाकलापहरुको समीक्षाका साथै यसभन्दा अगाडिका बैठकको निर्णयहरुको कार्यान्वयनको समेत समिक्षा गरिएको जनाइएको छ ।

देशका विभिन्न भूभागमा कोरोनाको संक्रमणमा लगातार वृद्धि भइरहेको सन्दर्भमा गोरखामा यसको संक्रमण हुन नदिन भोलि १ गतेदेखि जेठ ५ सम्म लागु हने गरी तत्काल उपचार आवश्यक परेको भनि स्वीकृत चिकित्सकबाट रिफर भएको विरामी बोकेको एम्बुलेन्स, दुर्घटनामा परि तत्काल उपचार आवश्यक परेको घाइते बोकेको सवारी साधन, लास एवं मलामी ,कृयापुत्री सवार सवारीसाधन, सुरक्षाकर्मी सुरक्षा अधिकारी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, प्रेस पास भएको सञ्‍चारकर्मी तथा वडाध्यक्ष वा सो भन्दामाथिका जनप्रतिनिधि वा सवारीसाधनलाई बाहेक जिल्ला भित्र बाहिर गर्न रोक लगाउने निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्ला भित्र हुने खाद्यान्न, निर्माण सामग्री लगायत यसभन्दा अघिल्ला बैठकहरुको निर्णय अनुसारका सामग्रीको ढुवानी हुन र गर्न नदिने, बैंक, वित्तीय संस्था, विमा एवं सहकारीहरुको सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ ।

खाद्यान्न, तरकारी, पशुपंक्षीका दाना, औषधि, उपकरण तथा माछामासुका पसलबाहेक अन्य पसल बन्द गर्ने, यसभन्दा अगाडि भएका सर्वपक्षीय बैठक तथा स्थानीय तहका प्रमुखहरुसँग भएका समन्वय बैठकबाट भएका जिल्लान्तर आवागमनका विषय बाहेकका सबै निर्णय कार्यान्वयन गर्ने गराउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार