बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

लिपुलेकमा भारतीय अतिक्रमणप्रति प्रवासी नेपाली मञ्च कतारको ध्यानाकर्षण, कुटनीतिक समाधानका लागि आग्रह (विज्ञप्तिसहित)

बुधबार, बैशाख ३१ २०७७

काठमाडौं । प्रवासी नेपाली मञ्च कतारले लिपुलेकमा भारतीय अतिक्रमणप्रति सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले कुटनीतिक समाधानका लागि आग्रह गर्दै ऐतिहासिक प्रमाणको आधारमा नेपाल सरकारको भूमिमा नेपाल सरकारको अतिक्रमणको अन्तर्राष्ट्रिय मान्यता र पञ्चशीलको सिद्धान्तको विपरित निन्दासहित आफ्नो रोष प्रकट गरेको छ ।

‘हामी सरकारलाई अनुरोध गर्छौं कि शताब्दीयौं पुरानो आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई नागरिक तहदेखि राज्य स्तरमा जारी राख्नुहोस् र यस विवादित सबै विवादित सीमा समस्याहरूलाई कूटनीतिक रूपमा समाधान गरोस’, मञ्चका अध्यक्ष चानक पोखरेल र महासचिव मोहन कार्कीद्धारा जारी विज्ञप्तिमा छ ।

विज्ञप्तिमा भौगोलिक आकार र आर्थिक स्थिति फरक र्भपनि जुनसुकै राज्यको सार्वभौमिकताको विषय उत्तिकै समान हुन्छ भन्ने आधारभूत विश्वासलाई पछ्याउँदै दुबै छिमेकी देशहरूसँग सम्मानपूर्वक वार्ता गरेर समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने विशवास गर्दछौं भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार