बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ लाख ५४ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

मंगलबार, बैशाख ३० २०७७

काठमाडौं, ३० बैशाख । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार २ सय ९३ पुगेको छ भने कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ लाख ५४ हजार ८ सय पुगेको छ । त्यस्तै विश्वभरका १५ लाख २७ हजार १ सय ४३ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । विश्वभरमा कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिका, इटाली, स्पेन लगायतका ठुला देशहरु परेको छ ।

आज बिहानसम्म वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार ७ सय ९५ पुगेको छ भने संक्रमितको संख्या १३ लाख ८५ हजार ८ सय ३४ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित २ लाख ६२ हजार २ सय २५ जना निको भइसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २६ हजार ७ सय ४४ पुगेको छ भने संक्रमितको संख्या २ लाख ६८ हजार १ सय ४३ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३९ पुगेको छ भने संक्रमितको संख्या २ लाख १९ हजार ८ सय १४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार