गोरखा ,गोरखा जिल्ला धार्चे गाउपालिका स्थित लापुवेसि,नौली खोला, लापुगाउ आसपासमा रहेका करिव १५० घर परिवारलाई हाल अष्ट्रेलियामा रहेका समाजसेवी तथा माच्छाखोलामा बन्दै गरेको बिकाश हाईड्रो पावर कम्पनीको संचालक जोन घलेको सहयोगमा राहत बितरण गरिएको छ ।
उक्त हाईड्रोपावर कम्पनिका अन्य संचालकहरू कृष्ण घिमिरे, सरोज धिताल र सुनिल श्रेष्ठको उपस्थिति तथा परिवारजनहरू सन्तोष घले,लक्ष्मि गूरूङ,पुनम गुरूङको सहयोगमा खाद्य सामाग्रि वितरण गरिएको थियो ।

यस अघि काठमाडौमा रहेका धार्चे गाउपालिका, चुमनुब्रि र आरूघाट लगाएत उत्तरी गोरखाका गाउपालिकाहरूका जनसमुदायका करिव ४०० परिवार लाई राहत बितरण गरिसकिएको घलेका बैनि लक्ष्मि गुरूङले बताईन साथै गोरखाको गण्डकि गाउपालिकाको चेपाङ बस्तिमा र गोरखा सदरमुकाममा बस्ने उत्तरी गोरखाका बिपन्न बिधार्थी र मजदुरलाई समेत घलेले राहत बितरण गरिसकेका छन ।

पछिल्लो समय हाईड्रो पावर क्षेत्रमा लगानि गर्दै आएका घलेको अष्ट्रेलियामा आफ्नै कन्ट्रक्सन कम्पनि छ । मैले मेरो देश र समाजको लागि केहि गर्ने सोच बनाएर नै जलबिधुतको क्षेत्रमा हात हालेको र बिदेशि भुमिमा पसीना बगाएको घले बताउछन उनले म दुख गर्न रूचाउने घलेको छोरो हु आज बिश्व नै कोभिड-१९ को चपेटामा परेको छ बिश्व आक्रान्त छ मेरो देश नेपाल यो दुखद समयको सामना गर्दै छ सरकारले जनताको सक्दो हेर बिचार गरेको त छ नै यध्धपि हामि सबै नेपालिले सरकारको सहयोगार्थ जे सकिन्छ त्यो गर्ने हो यहि सोचले मैले मेरो छिमेकी र आफन्तहरूलाई सहयोग गरेको हु । अत्यन्तै मनका धनि घले पछिल्लो समय नेपालिले ब्यहोरेको प्राकृतिक बिपदको बेला आईपरेको बिपदको सारथि बन्दै आईरहेका छन । घलेले २०७२ को महाभुकम्पममा पनि धार्चेका लापु बेसि लगाएतका ठाउहरूको बिपन्न ७० परिवार लाई जस्तापाता सहयोग दिएका थिए ।