मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोनामुक्त भएका दुई जनाको रिपोर्ट पुनः पोजेटिभ

मंगलबार, बैशाख २३ २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मुक्त भएका दुई जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका४४ वर्षिय एक भारतीय नागरिकको रिपोर्ट पुनः पोजेटिभ आएको हो ।

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायका अनुसार उनीहरु दुवै नियमित फलोअपको लागि अस्पताल आउँदा कोरोना पोजेटिभ देखिएको हो।

उनीहरुमा कुनै लक्षण देखिएको छैन र स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर पुनः उपचार थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार