काठमाडौं । एजेन्सी– भारत सरकारले कोरोना भाइरसको महामारीको कारण विदेशमा फसिरहेका नागरिकहरुको उद्धार गर्ने भएको छ।
भारतले विभिन्न देशहरुमा अलपत्र परेका करिब १४ हजार ८ सय नागरिकको उद्धारका लागि ६४ वडा विमान पठाउने भएको हो।
बुधबारबाट उद्धार कार्य सुरु हुनेछ। उद्धारका लागि भारतले अमेरिका, कुवेत, फिलिपिन्स, बंगलादेश, ब्रिटेन, साउदी अरब, मलेसिया र युएईमा विशेष उडान गर्न लागिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।
यसमध्ये अधिकांश उडान एयर इण्डियाको विमानबाट हुनेछ। उद्धारका क्रममा विमानमा सामाजिक दूरीलाई कडाइका साथ लागु गरिने छ। भारतमा हाल कोरोना भाइरसको संक्रमण तीब्र बनेको छ। भारतमा हालसम्म ४६ हजारभन्दा बढी संक्रमित बनेका छन् भने १५ सय ७१ जनाको मृत्यु भएको छ।