काठमाडौं, २३ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वका २ सय बढी देश प्रभावित भएका छन्। विश्वका बिभिन्न देशमा कोरोना संक्रमित र मृत्यु हुनेको बढिरहेको छ । यस्तै वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ३ सय ९३ पुगेको छ भने कोरोनाबाट संक्रमित हुनेको संख्या ३६ लाख ४५ हजार ३ सय २० पुगेको छ ।
त्यस्तै विश्वभरका ११ लाख ९४ हजार ९ सय ४२ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । विश्वभरमा कोरोनाको प्रभाव सबैभन्दा बढी ठुला देशहरु जस्तै अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतमा परेको छ ।
आज बिहानसम्म वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ९ सय २१ पुगेको छ भने संक्रमितको संख्या १२ लाख १२ हजार ८ सय ३५ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित १ लाख ८८ हजार २७ जना निको भइसकेका छन् ।
त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २५ हजार ४ सय २८ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४८ हजार ३ सय १ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ हजार ७९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ११ हजार ९ सय ३८ पुगेको छ ।