काठमाडौं, २२ बैशाख । नेपालमा आज आहिलेसम्म थप संक्रमित नरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा अहिलेसम्म ७५ जना संक्रमित पुष्टि भएका छन् । जसमा ५८ जना पुरुष र १७ महिला रहेका छन् ।
संक्रमित प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमती प्रदेश ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १७ र सुदूरपश्चिममा ५ जना गरि कुल ७५ जना संक्रमितको संख्या रहेको छ ।
अहिले कुल ५९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । जसमा कोशी अस्पताल विराटनगरमा ३१ जना, नेपालगञ्जमा १६ जना, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ९ जना रुपन्देही, धनगढी र भरतपुरमा एक एक जनाको उपचार भैरहेको प्रवक्ता देवकोटाले दिएका छन् ।
नमुना परिक्षण :
नेपालमा अहिलेसम्म ६४ हजार ४८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट १३ हजार ६४० जना र र्यापिड टेस्टबाट ५० हजार ८४५ जनाको परीक्षण गरी कुल ६४ हजार ४८५ जनाको नमूना परीक्षण भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १ हजार ३८२ जनाको नमूना परीक्षण भएको जानकारी दिएका छन् ।
त्यस्तै अहिले देशभर २१ हजार ५२३ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १०६ जना रहेका छन् जसमा काठमाडौँ उपत्यकामा एक जना रहेका छन् ।