मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय नाघ्यो, अमेरिकामा मात्र संक्रमित संख्या ११ लाख ३१ हजार (अपडेट)

शनिबार, बैशाख २० २०७७

काठमाडौं / कोरोनाभाइरस अहिले विश्वका धेरै देशमा फैलिसकेको छ । विश्वभरमा कोरोनाबाछ संक्रमित र मृत्यु हुने मानिसको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या २ लाख ३९ हजार ५ सय ८६ पुगेको छ भने कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ लाख ६ सय ७ पुगेको छ ।

त्यस्तै विश्वभरका १० लाख ८१ हजार ५ सय ८८ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । विश्वभरमा कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी ठुला देशहरु जस्तै अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतमा परेको छ ।

आज बिहानसम्म वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३१ हजार २ सय ८० जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित १ लाख ६१ हजार ५ सय ६३ जना निको भइसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २४ हजार ८ सय २४ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४२ हजार ९ सय ८८ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार २ सय ६७३६ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७ हजार ४ सय २४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार