काठमाडौ / विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड -१९(कोरोना भाइरस) संक्रमणको कारण विश्व त्रसित छ ।कोरोनाको सुरुवाती दिनबाटै अनुसन्धान द्रुतगतिमा अघि बढेतापनि अहिलेसम्म कोरोना निवारण सम्बन्धि कुनै भ्याक्सिन बनिसकेको छैन । यो समय यसबाट बच्ने र अरुलाई बचाउने उत्तम उपाय भनेको केबल लकडाउन हो,एकातर्फ लकडाउनले रोगबाट सुरक्षित गरेपनि,यसको असर निम्नआय भएका परिवार एबं ज्याला मजदुरी गर्ने बर्गमा परेको छ ।
यसकारण यो बिपतको घडिमा सम्पुर्ण समाजसेवी, राजनितीककर्मी, व्यवसायि, पेशाकर्मी, बुद्धिजीवीहरुले आफुले सकेको सहयोग गरेको बर्तमान अबस्थामा तार्केश्वर वडा नंबर ११ले पनि कोभिड-१९ आपतकालीन खाद्यान्न संकलन अभियान अन्तर्गत खाध्यान संकलन गरेर वाडा नम्बर ११ को विभिन्न ३ स्थानमा वितरण गरेको छ । वडा नंबर ११ भित्र रहेका ३ स्थान लाखे टोल, कैलास टोल र हिरा पुर्सान्ति समाजमा वितरण गरिएको छ । युवाहरूको अभियानले संकलन गरेको राहत तार्केस्वर ११ का वडा अध्यक्ष बिन्दा बुढाथोकी,नेपाली कांग्रेस इकाई सभापति कबिराज बस्नेत,नेपाली कांग्रेसको बिदेश स्थित संस्था नेपालि जनसम्पर्क समिति युएईका सभापति तथा नेपालि काँग्रेस महासमिति सदस्य भुवानी प्रसाद तिमिल्सिना,नेपाल तरुणदल तार्केस्वर नगरपालिका वाडा नम्बर ११ का इकाई अध्यक्ष दिपेश थापा,नबिन महर्जन,सरोज कुमार बस्नेत ,सरोज अधिकारि ,गौरब बस्नेत, अनिस राज बस्नेत, केसव कार्की र स्थानिय विभिन्न टोल सुधार समितिहरु एबं क्लबहरूको उपस्थितिमा राहत बितरण गरिएको छ ।
तिन स्थानमा बितरण गरिएको राहत कार्यक्रम अन्तर्गत लाखे टोलमा बसोबास गर्ने ६४ परिवार लाई प्रती परिवार १० किलो चामल ०.५ किलो दाल र एक प्याकेट नुन वितरण गरिएको छ । यस्तै कैलाश टोलमा बसोबास गर्ने ५४ परिवार लाई प्रती परिवार १०किलो चामल ०.५ किलो दाल र एक प्याकेट नुन वितरण गरिको छ । त्यस्तै हिरापुर शान्ति समाजमा २९ परिवार लाई प्रतिपरिवार १०किलो चामल ०.५ किलो दाल र एक प्याकेट नुन वितरण गरिएको छ ।
यस अघि पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत तार्केस्वर नगरपालिका भित्र रहेका अपांग केन्द्र ,तार्केस्वर ५, मा १५ बोरा चामल,१० प्याकेट नुन,नवजिवन परोपकार संस्था तार्केस्वर -७ लाई १५ बोरा चामल १० प्याकेट नुन,दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर -५ लाई १० बोरा चामल ,२.५ लिटर तेल,१० प्याकेट नुन ,लाइफ फर नेसन तार्केस्वर -६ लाई १५ बोरा चामल,१० प्याकेट नुन

र नेपाल मानव सेवा संस्था तार्केस्वर-८ लाई १५ बोरा चामल ,१० प्याकेट नुन साथै दोस्रो चरणको राहत वितरणमा तार्केस्वर नगरपालिका वाडा नम्बर ११ का ३ स्थानमा गरि १४७ बिपन्न परिवार लाइ राहत बितरण गरिएको थियो । कोरोनाले निम्त्याउने असहजलाई मध्य नजर गर्दै तार्केस्वर नगरपालिका वाडा नम्बर ११ मा आबस्यकता अनुसारको अन्य चरणको राहात वितरणमा पनि तयारी अबस्थामा रहेको कोभिड-१९ आपतकालीन खाद्यान्न संकलन अभियानका अभियान्ता भुवानी प्रसाद तिमिल्सिनाले बताउनु भयो । बिहिबार अभियानका अभियानकर्ताहरुले तार्केस्वर नगर पालिकाका अन्य वडामा पनि खाध्य सामाग्री बितरण गरेका थिए । वडा नम्बर ८ का इकाई सभापति श्याम कृष्ण सापकोटाको नेतृत्वमा अभियान्ता परोपकार अधिकारि, बिनोद देबकोटा लगायत वाडा नम्बर ८ का वडा अध्यक्षका साथमा जनप्रतिनिधिहरुको उपस्थितिमा २७५ परिवारलाई प्रती परिवार १०किलो चामल ०.५ किलो दाल र एक प्याकेट नुन वितरण गरिएको छ भने शुक्रबार तार्केस्वर नगर पालिका वडा नम्बर ६ स्थित धर्मस्थलीमा नेपाली काँग्रेसका युवा नेता हरि तिमिल्सिनाको नेतृत्वमा राहात वितरण गरिएको छ ।